Introduction

मनिप्लान्ट वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डौं उपत्यकाका सहकारी माँझमा आफ्नो छुट्टै पहिचान बनाउदै संस्थामा आवद्ध सदस्यहरुको ‘समृद्धिको प्रतीक’ का रुपमा अव्वलता पूर्वक स्थापित हुने मुल ध्यये सहित वि.स. २०६६ सालमा सहकारी ‌ऐन २०४८ बमोजिम स्थापना भएको हो । स्थापनाको समयमा काठमाडौँ महानगरपालिकाका ९‚१०‚३३‚३४ र ३५ नं वडाहरु यस संस्थाको कार्यक्षेत्र रहेकोमा हाल काठमाडौँ महानगरका ९‚१०‚३०‚३१ र ३२ गरि ५ वडाहरु तथा ललितपुर महानगरपालिकाका सम्पुर्ण वडाहरु कार्यक्षेत्र कायम रहेको छ । हामि हाम्रो कार्यक्षेत्र भित्र बसोबास गर्ने व्यक्तिहरुलाई सहकारी ऐन‚ नियमावली‚ मापदण्ड‚ संस्थाको विनियमको अधिनमा सदस्यता प्रदान गर्दै आफ्ना सदस्यहरुको स्वावलम्बन र आत्मनिर्भरताको विकास हुने क्षेत्रमा विशेष प्रोत्साहन सहित ऋण लगाएत अन्य सहुलियत प्रदान गर्दै निरन्तर अघि बडिरहेका छौ । संस्था स्थापना पश्चातको यस अवधिमा हामि हाम्रा सदस्यहरुको समग्र आर्थिक‚ सामाजिक र साँस्कृतिक उन्नतिको क्षेत्रमा नविनतम् एवं समय सापेक्ष योजनाहरु सहितको सेवा प्रदान गर्दै आएका छौ ।

सम्पूर्ण शेयर सदस्यहरुको समान र भेदभाव रहित आर्थिक सहभागितामा यस संस्था पूर्ण प्रजातान्त्रिक परिपाटिमा सहकारीका सम्पूर्ण मुल्य‚ मान्यता र सिद्धान्तहरुको मर्म अनुसार सञ्चालित रहेको छ । आफ्ना सदस्यहरुको आर्थिक एवं सामाजिक संवृद्धिका लागि हामि स्थापना देखिनै उत्पादनमुखी व्यवसायहरुलाई जोड दिंदै विद्युत उत्पादन‚ पर्यटन व्यवसाय‚ वातावरण मैत्री जैविक उत्पादन लगाएतका क्षेत्रमा केन्द्रित रहदै आएका छौं ।