थप १६ जनालाई ऋण भुक्तानी गर्ने सम्बन्धी सूचना

यस संस्थाबाट ऋण लिनु भएका तपशिल बमोजिम ऋणी सदस्यहरुले ऋण लिंदाको शर्त तथा भाखा बमोजिम तिर्नुपर्ने साँवा तथा व्याज समयमा नबुझाई पटक पटक लिखित तथा मौखिक तारताकेता गर्दा समेत ऋण रकम तिर्न बुझाउन नआउनु भएकोले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र आफुले बुझाउनुपर्ने रकम बुझाउन आउनुहोला । अन्यथा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६४, बागमती प्रदेश सहकारी नियमावली २०७६ को दफा १९ र संस्थाको विनियम एवं नीति तथा कार्यविधि बमोजिम संस्थाले असूल गर्नुपर्ने ऋणको बाँकी बक्यौता असुल उपर गर्नका लागी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।