मनिप्लान्टको नयाँ अध्यक्षमा इन्दमणि पोखरेल

गोरखापत्र अनलाइन | २८ असोज २०८०, आइतबार काठमाडौं, असोज २८ गते । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को सम्पन्न १४ औँ साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ । साधारण सभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो ।अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिनुभएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ । सञ्चालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्... Read more..

मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

रातोपाटी संवाददाता | बिहीबार, ०७ मङ्सिर २०८०, २१ : ३४काठमाडौँ। आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को अवसरमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कोटेश्वरले बिहिबार सम्मान पत्र नै दिएर संस्थालाई कदर गरेको हो।विभागका महानिर्देशक दीर्घराज मैनाली र प्रमुख कर अधिकृत गणेशप्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा संस्थालाई सम्बोधन गर्दै लेखिएको छ– ‘आर्थिक वर्ष २०७८–७९ मा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्नुभएकोले राष्ट्रिय कर दिवस २०८० को अवसरमा कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ।’‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारीुको मान्यता आधारित... Read more..